“बार्सिलोनाले बायर्न म्युनिखसँग ‘बदला’ लिने छ”

बार्सिलोनाले च्याम्पियन्स लिगको ग्रुप स्टेजको अन्तिम खेलमा बायर्न म्युनिख विरुद्ध खेल्ने छ र सो खेलमा हार बेहोरे च्याम्पियन्स लिगको ग्रुप स्टेजबाटै बार्सा नकआउट हुने सम्भावना बढ्ने छ। उक्त खेल बार्साको लागि निकै महत्त्वपूर्ण हुने छ भने बार्साका स्टार स्ट्राइकर मेम्फिस डिपे उक्त खेलमा बायर्न सँग बदला लिने सोचमा रहेका छन्।

ग्रुपमा बायर्न सँगको पहिलो लेगको खेलमा बार्सा आफ्नै होममा ३-०ले हारेको थियो भने हाल दोस्रो लेगको खेल बायर्न विरुद्ध बदला लिने डिपेले दाबी गरेका छन्।

“हामी बायर्न म्युनिख विरुद्ध बदला लिन चाहन्छौँ।- २७ वर्षका डच स्ट्राइकरले एक अन्तर्वार्तामा आउँदो च्याम्पियन्स लिग खेल बारे बोल्दै भने।

“हामी सक्दो प्रयास गर्नेछौँ। बार्सिलोना जस्तो टिम सधैँ च्याम्पियन्स लिगमा हुनुपर्छ।

“अर्को चरणमा पुग्न यो हाम्रो अन्तिम मौका हुन सक्छ र हामीले तयारी गर्नुपर्छ। सबै कुराको निर्णय हुन बाँकी छ, हामीले धेरै मेहनत गर्नुपर्छ र नतिजा प्राप्त गर्न सक्दो प्रयास गर्नुपर्छ। हामी बार्सा हौ र पक्कै पनि यो सम्भव छ। समर्थकलाई पनि थाहा छ । हामी च्याम्पियन्स लिग बाहेक अरू कुनै प्रतियोगिताको बारेमा सोचिरहेका छैनौँ, किनकि यो सबैभन्दा ठुलो हो।”

बायर्न म्युनिख सामु बार्सा केही समय देखि निरीह बन्दै आएको छ। २०१९/२० सिजनको च्याम्पियन्स लिग क्वार्टर फाइनलमा बार्साले बायर्न सँग लज्जास्पद ८-२को हारको सामना गरेको थियो भने हाल बार्सा बदलाको खोजीमा हुने देखा परेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ