बार्सिलोनाको खेलाडी भित्र्याउने विचारमा युभेन्टस

एजेन्सी, स्पेनिश क्लब बार्सिलोनाका डच खेलाडी मेम्फिस डिपाइ माथी युभेन्टसको नजर परेको छ। रिपोर्टका अनुसार डिपाइ भित्र्याउने बारे युभेन्टस विचार गर्दै छन्। 

डिपाइ यसै समर ट्रान्सफर विन्डोमा बार्सिलोनामा अनुबन्ध भएता पनि उनले आशा अनुरुप प्रदर्शन भने गर्न सकेका छैनन्। यसै कारणले बर्सिलोनाले उनलाई बेच्न सक्ने आंकलन गरिएको छ।