पेनाल्टीको लागि लाजियोका खेलाडीको यस्तो डाइभ

च्याम्पियन्स लिगको लाजियो र डर्टमन्ड बीचको खेल १-१मा अन्त्य भएको थियो र सो खेल पछि रेफरीको धेरै आलोचना भएको छ।

१-०ले पछि रहेको समय पेनाल्टीको लागि लाजियोका सर्जेज मिलिन्कोभिक – सेविक विपक्षी खेलाडी संग कुनै सम्पर्क बिना लडे र रेफरीले लाजियोलाई पेनाल्टी दिए जसको मार्फत लाजियो खेल १-१मा रोक्न सफल भए।

हाल सो खेलको भिडियो सामाजिक संजालहरुमा भाइरल हुदै गएको छ र धेरैले लाजियोका सर्जेज मिलिन्कोभिकलाई डाइभ गरेको आरोप लगाएका छन् भने रेफरीको खराब निर्णयको आलोचना भएको छ।

लाजियोका सर्जेज मिलिन्कोभिक – सेविक बल अगाडी लाग्ने क्रममा रहेका बेला डर्टमन्डका डिफेन्डर निकोले बल क्ल्यर गरेका थिए र सो क्रममा उनि सेविकको खुट्टा बीच केहि सम्पर्क थिएन तर रेफरीले सो देख्न सकेनन र उनले पेनाल्टी दिएका थिए।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ