नयाँ स्ट्राइकरको खोजीमा बार्सिलोना- यी ३ मध्ये एक साइन गर्ने योजना

हाल बार्सिलोना नयाँ स्ट्राइकरको खोजीमा रहेको खबर छ। लुइस स्वारेजको प्रस्थान पछि उनको ठाउँ भर्ने खेलाडी बार्साले साइन गर्न सकेको छैन। बार्साले मार्टिन ब्रेथवेट साइन गरे पनि उनले स्वारेजको ठाउँ लिन नसक्दा गोलको अगाडी बार्सा समस्यामा देखा परेको छ र बार्साले आउँदो ट्रान्सफर विन्डोमा नयाँ स्ट्राइकर साइन गर्न आफ्नो प्राथमिकता बनाउने खबर छ

हाल खबर अनुसार नयाँ स्ट्राइकरको खोजीमा रहेको बार्साले आफ्नो योजनामा ३ खेलाडीहरूको सुचीमा राखेको छ। सर्जियो अग्वेरो, अर्लिङ हलान्ड र मेम्फिस डिपे मध्ये एक साइन गर्ने बार्साले योजना बनाएको जानकारी छ। लोउटारो मार्टिनेजमा पनि बार्साले धेरै समय देखि इच्छा देखाए पनि सो ट्रान्सफर सफल नहुने देखा परेको छ।

डर्टमन्डका स्टार अर्लिङ हलान्डको मूल्य निकै धेरै हुने छ भने म्यान सिटीका स्टार सर्जियो अग्वेरो फ्री एजेन्ट हुने क्रममा छन्। मेम्फिस डिपे पनि धेरै समय देखि बार्साको नजरमा रहेको छ। उनी सिजनको सुरुमा बार्सा जान धेरै नजिक रहे पनि अन्तिम समयमा ट्रान्सफर असफल भएको थियो भने कोम्यान उनको फ्यान हुन् र अझै पनि उनको योजनामा डिपे रहेको छ।

उच्च मूल्यको बाबजुद, जोन लापर्टाको मुख्य प्राथमिकता बोरुसिया डर्टमन्डका अर्लिङ हलान्ड हुने जानकारी छ भने अग्वेरोलाई बार्साले विकल्पको रूपमा लिने खबर छ।

बोरुसिया डर्टमन्डले अर्लिङ हलान्डको मूल्य €१८० मिलियन सेट गरेको छ र खबर अनुसार बार्साले आफ्नो खेलाडीहरू बेचेर भए पनि उनलाई साइन गर्न प्रयास गर्ने छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ