डेविड लुइज फर्काउने पि.एस.जिको योजना

एजेन्सी, आर्सनलका ब्राजिलियन डिफेन्डर डेविड लुइज फर्काउन पि.एस.जि इच्छुक रहेको देखिएको छ। रिपोर्टका अनुसार पि.एस.जिका अध्यक्ष नसिर अल खेलैफी डेविड लुइजका प्रशंसक हुन् र डेविड लुइजलाई फर्काउन इच्छुक छन्।

डेविड लुइज २०१९ मा ८ मिलियन पाउन्डमा चेल्सीबाट आर्सनलमा अनुबन्ध भएका थिए। आर्सनलमा उनले आशा अनुरुप प्रदर्सन भने गर्ने सकेका छैनन्। रिपोर्टका अनुसार उनलाई पि.एस.जि फर्काउन अध्यक्ष खेलैफी इच्छुक देखिएता पनि पि.एस.जिका प्रशिक्षक मौरिसियो पोचेटिनो भने त्यति इच्छुक नरहेको बताइएको छ।
३४ वर्षका डेविड लुइज यो ट्रान्सफर सिजन फ्री ट्रान्सफरमा आर्सनल छाड्न स्वतन्त्र छन्। उनी २०१४ देखि २०१६ सम्म पि.एस.जिका खेलाडी थिए। पि.एस.जिका लागि उनले ८९ खेल खेल्नुका साथै ८ गोल पनि गरेका थिए।