जोसे मोरिन्होलाई बर्खास्त गर्न माग गर्दै टोटनह्याम फ्यानहरू

प्रिमियर लिगमा टोटनह्याम र एभरटन बिचको खेल २-२मा अन्त्य भए पछि टोटनह्याम फ्यानहरू खुसी छैनन्। अन्तिम ५ खेलमा स्पर्सले एक खेल मात्र जितेको छ भने युरोपा लिगबाट बाहिरिएको छ भने लिगको पनि सातौँ स्थानमा रहेको छ।

स्पर्सको हालको फम देखेर फ्यानहरू खुसी छैनन् र फ्यानहरू आफ्नो असन्तुष्टि सामाजिक सञ्जाल देखाउँदै छन् र हाल ट्विटरमा ‘ह्यास त्याग जोसेआउट’ ट्रेंडिंगमा रहेको छ।

हाल टोटनह्याम अर्को सिजन युरोपियन प्रतियोगिता बिना हुने खतरामा रहेको छ र फ्यानहरूले कोच जोसे मोरिन्होलाई बर्खास्त गर्न माग गर्दै छन्।

खेलमा उनको निर्णयको धेरै आलोचना हुँदै गरेको छ उनको रक्षात्मक रणनीति पनि फ्यान सामु अलोकप्रिय बन्दै गएको छ।

उनको खेलाडी छनोट गर्ने निर्णयको पनि धेरै आलोचना हुँदै गरेको छ भने उनलाई बर्खास्त गर्न टोटनह्याम फ्यानहरू माग गर्दै छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ