म्यान्चेस्टर युनाइटेडको अबिस्वास्निय पुनरागमन जित

एजेन्सी, युएफा च्याम्पियनस लिग अन्तर्गत ग्रुप स्टेजको तेस्रो खेलमा म्यान्चेस्टर युनाइटेडले इटालियन क्लब अटाल्यान्टा माथी शान्दार पुनरागमन जित निकालेको छ। नेपाली समय अनुसार अक्टोबर २१ बिहीबार बिहान १२:४५ मा भएको उक्त खेलमा युनाइटेडले अटाल्यान्टालाई २-३ ले पराजित गरेका हुन्। 

खेलको १५ औ मिनेटमा जापाकोस्टाको पासमा मारियो पासालिचले गोल गरि अटाल्यान्टालाई १-० को अग्रता दिलाउन सफल भए। खेलको २८ औ मिनेटमा डेमिरालले गोल गरि अटाल्यान्टाको अग्रतालाई दोब्बर बनाए। पहिलो हाफमा थप अन्य कुनै गोल नहुदा पहिलो हाफ २-० मा समाप्त भएको थियो।

दोस्रो हाफको ५३ औ मिनेटमा म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्न्यान्डेजको पासमा मार्कस रासफर्डले गोल गरि खेल २-१ मा ल्याउन सफल भए। खेलको ७५ औ मिनेटमा एडिन्सन कभानीको पासमा युनाइटेडका कप्तान ह्यारी मग्वायरले गोल गरि खेल बराबरीमा ल्याए।
खेलको ८१ औ मिनेटमा भने ल्युक शको पासमा युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गरि उक्त खेलमा म्यान्चेस्टर युनाइटेडलाई विजयी बनाउन सफल भए।