कोपा अमेरिका: अर्जेन्टिनालाई उपाधी जित्ने अवसर, ब्राजिल उपाधी रक्षा गर्ने दाउमा

एजेन्सी, कोपा अमेरिका अन्तर्गत फाइनल खेलमा ब्राजिलले अर्जेन्टिनासंग भिड्ने छ। दुबै टोलिमा उत्कृष्ट खेलाडीहरुको बहुलियता रहेको छ भने फाइनल खेलको दबाब भने पक्कै हुनेछ।

लिओनेल स्कालोनेको प्रशिक्षणमा रहेका अर्जेन्टिनी टोलिले उत्कृष्ट खेल पस्क्दै नतिजाहरु आफ्नो पोल्टामा पारेको छ। उपाधीको खडेरी लागेको अर्जेन्टिनालाई यो सुनौलो अवसर रहेको छ।

त्येस्तै, ब्राजिल साविक विजेता रहेदै प्रतियोगितामा उत्कृष्ट आक्रामक खेल देखाएका छन।

ब्राजिलको अर्जेन्टिनाविरुद्ध ईतिहास सुखद रहेको छ। यी दुई बिच १११ खेलको नतिजा हेर्दा ब्राजिलले ४६ खेलमा जित दर्ता गरेको छ भने अर्जेन्टिनाले ४० खेल जितेको छ।

पछिल्लो पटक यी दुइको भेट २०१९ मा भएको थियो। उक्त खेलमा मेस्सीको निर्णायक गोलमा अर्जेन्टिना विजय भएको थियो।

अर्जेन्टिनाले पछिल्ला ७ खेलमा ब्राजिलविरुद्ध मात्र २ खेल जित्न सफल भएको छ। यो अवधीमा अर्जेन्टिनाले ८ गोल बेहोरेको छ।

अर्जेन्टिनाको आक्रमण मेस्सीमा निर्भर हुनेछ। उनले ब्राजिलविरुद्ध पछिल्ला पाँच खेलमा ५ गोल गर्न सफल भएको छ। यस्तै, मेस्सीले जारी प्रतियोगितामा ४ गोल र ५ अस्सिट प्रदान गरेका छन। अर्जेन्टिनाको कुल ११ गोल मध्ये मेस्सीको नाममा ४ गोल रहेको छ भने १० गोलमा संघलग्न छन।

उता ब्राजिलका नेय्मार पनि उत्कृष्ट लयमा देखिन्छ। उनी पेलेको ७७ गोल भङ्ग गर्न मात्र ९ गोल पछाडी रहेको छ। यद्यपि, उनी पछिल्ला ४ खेलमा गोलविहिन छन। अर्जेन्टिनाविरुद्ध गोलको खडेरी तोड्ने सुनौलो अवसर उनिसंग छ। त्यस्तै, पुर्व बार्सिलोनाका स्ट्राइकरको अर्जेन्टिनाविरुद्ध रेकर्ड फितलो रहदै आएको छ, उनले १० खेलमा ३ गोल गरेका छन।