आफ्नो प्रस्थान पछि लिभरपुलको प्रदर्शनमा आएको गिरावट वारे मानेले मुख खोले  

पूर्व लिभरपुल स्टार साडियो मानेले यस सिजनमा लिभरपुलको प्रदर्शनमा आएको गिरावट वारे बोलेका छन् भने लिभरपुलको समस्या चाडै अन्त्य हुने वारे उनी “विश्वस्त” रहेका छन्।

लिभरपुलले च्याम्पियन्स लिग र प्रिमियर लिग जित्दा एक महत्त्वपूर्ण भूमिका खेलेका स्टार खेलाडी- मानेलाई लिभरपुलले २०२२को जुलाईमा बेचेको थियो भने यो सिजन लिभरपुलको प्रदर्शनमा गिरावट आउनुको कारण मानेलाई बेच्नु रहेको धेरैको विश्वास रहेको छ।

मानेले भने लिभरपुलको प्रदर्शनमा आएको गिरावटको मुख्य कारण धेरै खेलाडीहरू चोट ग्रसित भएको बताए र लिभरपुल चाडै आफ्नो राम्रो फममा फर्किने उनको विश्वास रहेको छ।

“लिभरपुल आफ्नो राम्रो फममा फर्किने छ।” मानेले जर्मन प्रकाशन बिल्डलाई भने।

“म विश्वस्त छु कि लिभरपुलले यो गाह्रो अवस्थालाई पार गर्नेछन्।

“लिभरपुलले यो सिजन धेरै चोटपटकको सामना गरेको छ, तर योर्गेन क्लोप पक्कै पनि यो क्लबको लागि सही व्यक्ति हुन्। उनले यस सिजनबाट लिभरपुललाई पक्कै पनि फेरी माथि ल्याउने छन् – खेलाडीहरूले पनि क्लोपलाई धेरै माया गर्छन्।

यो सिजन लिभरपुलको निकै खराब फम रहेको छ। पछिल्लो केही सिजन लिग जित्ने दाबेदारको रूप रहेका लिभरपुल यो सिजन भने शीर्ष चारमा पुग्न सङ्घर्ष गर्दै गरेको छ। हाल सम्म लिगमा २४ खेल खेलेको रेड्सले ३९ अंक प्राप्त गरेको छ र हाल लिगको छैटौँ स्थानमा रहेको छ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ