“आफ्नो खेल विकास जारी राख्न एम्बाप्पे रियल म्याड्रिड जानु पर्छ”

पूर्व आर्सनल र फ्रान्स राष्ट्रिय टोलीका स्टार रोबर्ट पिरेसले पिएसजीका स्टार एम्बाप्पेलाई रियल म्याड्रिड जान आग्रह गरेका छन्।

२१ वर्षीय एम्बाप्पे पेरिस सेन्ट-जर्मेनबाट म्याड्रिड जाने धेरै चर्चा रहेको छ, हाल पिएसजी र उनि बीच २०२२ सम्मको करार रहेको छ। आर्सनलका लेजेण्ड रोबर्ट पिरेस, जसले आफ्नो क्यारियरमा रियल जाने मौकालाई अस्वीकार गरेका थिए उनले एम्बाप्पेलाई रियल म्याड्रिड जान आग्रह गरेका छन्।

“पक्कै पनि। म फ्रान्सेली हुँ, मलाई पेरिस सेन्ट-जर्मेन मन पर्छ र म उनलाई लिग १ देख्न चाहन्छु,” रोबर्ट पिरेसले ए एस स्पोर्ट्सलाई भने।

“तर यदि उनी एक खेलाडीका रूपमा अझै विकास हुन र बढ्न रहन चाहन्छन भने उनि रियल म्याड्रिडमा जानुपर्छ।”

रियल म्याड्रिडले युवा र स्टार खेलाडीको विकास हुन धेरै सहायता गर्ने रोबर्ट पिरेसले बताए। रियलका कोच जिदान पनि एम्बाप्पेका फ्यान हुन् र रियलमा उनलाई भित्राउन क्लबको पनि जिदानलाई समर्थन रहेको छ। रियलले एम्बाप्पेलाई साइन गर्न २०२१मा प्रयास गर्ने खबर छ।

लिभरपूलले पनि उनि माथि चासो देखाएको छ र रियल संग लिभरपूलले एम्बाप्पेको लागि प्रतिस्पर्धा गर्ने पनि कुरा छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ