अर्लिङ हालान्ड साइन नगरेकोमा म्यान्चेस्टर युनाइटेडको आलोचना

म्यानचेस्टर युनाइटेडका लेजेण्ड पल इन्सले म्यान्चेस्टर युनाइटेड बोरुसिया डोर्टमन्डलाई अर्लिङ हालान्ड साइन गर्न दिएकोमा आलोचना गरेका छन् ।

इन्सले जोर दिए कि म्यान्चेस्टर युनाइटेड फेरी उपाधिको लागि प्रतिस्पर्धा गर्ने हो भने अर्लिङ हालान्ड जस्तो उत्कृष्ट खेलाडीहरूलाई वेवास्ता गर्न हुन्दैन।

“यदि उनीहरू म्यान्चेस्टर सिटी र लिभरपूल संग प्रतिस्पर्धा गर्न चाहन्छन् भने उनीहरूलाई विश्व स्तरका स्ट्राइकर चाहिन्छ,” उनले गोललाई भने।

“उनीहरू संग हालान्ड साइन गर्ने मौका थियो तर उक्त युवा डोर्टमन्डमा पुगे, जुन एकदम दु: खको कुरा हो। उनी धेरै राम्रो खेलाडी हुन् जसले सुधार गर्न सक्दछन् र तपाईले त्यस्ता खेलाडीलाई अरु क्लबमा जान दिनु हुन्न।”

इन्सलेले जोर दिए कि ओले गुन्नार सोल्सजारले पूर्व मोल्डे स्ट्राइकर साइन गर्न अनुमति पर्ने थियो।

“यो निराशाजनक कुरा हो कि उनीहरूले उनलाई पाउन सकेनन। उनीहरूसँग त्यस्तो खेलाडी हुनु पर्छ जसले सिजनमा २०-२५ गोल गर्ने छ।”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ