अर्लिङ हालाण्ड भित्राउने मुख्य दाबेदार यो प्रिमियर लिग क्लब

MOENCHENGLADBACH, GERMANY - MARCH 07: (BILD ZEITUNG OUT) Erling Haaland of Borussia Dortmund looks on during the Bundesliga match between Borussia Moenchengladbach and Borussia Dortmund at Borussia-Park on March 7, 2020 in Moenchengladbach, Germany. (Photo by Alex Gottschalk/DeFodi Images via Getty Images)

आउँदो ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब चेल्सी बोरुसिया डर्टमन्डका स्टार खेलाडी अर्लिङ हालाण्डलाई साइन गर्ने मुख्य दाबेदारको रुपमा रहेको छ। आउँदो जनवरीको ट्रान्सफर विन्डोमा उनलाई साइन गर्न धेरै प्रतिस्पर्धा हुने निश्चित छ भने हाल उनको तलब मागको कारण चेल्सी उनलाई साइन गर्न मुख्य दाबेदार हुने जानकारी छ।

खबर अनुसार डर्टमन्ड छोडे पछि उनको नयाँ तलब माग £५००,००० प्रति हप्ता हुने छ जुन तिर्न धेरै क्लबहरूलाई गाह्रो हुन् सक्छ तर प्रिमियर लिग चेल्सी उनलाई साइन गर्न सो खर्च तयार गर्न तयार हुने जानकारी छ।

गत ट्रान्सफर विन्डोमा हालाण्डलाई भित्राउन चेल्सीले धेरै प्रयास गरे पनि असफल भएको थियो भने अर्को गर्मीमा उनको £६४ मिलियनको रिलिज क्लज सक्रिय हुने छ जसको कारण उनलाई साइन गर्न चेल्सी सफल हुन सक्ने छ।

म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र बार्सिलोना जस्तो क्लबहरूको नाम उनी सँग जोडिएको बेला चेल्सीले उनलाई आफ्नो प्राथमिकता बनाउने जानकारी छ।

हालाण्ड हाल फुटबलको एक सुपर स्टार मध्ये एक रहेका छन्। डर्टमन्डमा उनको निकै उत्कृष्ट प्रदर्शन रहेको छ भने उनले डर्टमन्डमा ६७ खेलमा ६८ गोल गरेका छन् भने उनले १२ असिस्ट पनि प्राप्त गरेका छन्। उनलाई साइन गर्न धेरै क्लबहरू इच्छुक रहेको बेला म्यानचेस्टर सिटी उनलाई साइन गर्न पूर्ण प्रयास गर्ने खबर छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ