अर्जेन्टिनी स्टार डिबाला पनि कोरोनाभाइरसबाट संक्रमित

इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी स्टार पाब्लो ड्याब्लामा कोरोना संक्रमण भेटिएको पुष्टि भएको छ । २६ वर्षीय डिबाला र उनकी प्रेमिका ओरिआना साबाटीनीमा संक्रमण भेटिएको युभेन्टस क्लबले जनाएकोे छ ।

‘ओरिआना र म दुवै पोजेटिभ टेस्ट भएका छौँ,’ डिबालाले इन्सटाग्राममा लेखेका छन्, ‘भाग्यवस हामी दुवै ठीक अवस्थामा छौँ ।’

ओरियाना अर्जेन्टिनी गायिका, नायिका र मोडल हुन् । क्लबका अनुसार दुबैजना सेल्फ आइसोलेसनमा छन् । कोरोना संक्रमित हुने डिबाला युभेन्टसका तेस्रो खेलाडी हुन् । यसअघि डेनियल रुगानी र ब्लेसे माटुइडीमा संक्रमण देखिएको थियो ।

उता, एसी मिलानका टेक्निकल डाइरेक्टर पाओलो माल्दिनी र उनको छोरा डेनियलमा पनि कोरोनाभाइरसको संmमण देखिएको छ ।

५१ वर्षीय पाओलो दुई हप्ताको सेल्फ आइसोलेसनमा थिए भने १८ वर्षीय डेनियल एसी मिलानको पहिलो टोलीसँग प्रशिक्षणमा थिए ।

@Ratopati

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ