अमेरिकी खेलाडी भित्र्याउन आर्सनल सफल

एजेन्सी, इङलिस क्लब आर्सनल अमेरिकी खेलाडी म्याट टर्नर भित्र्याउन सफल भएका छन्। टर्नर अमेरिकी क्लब न्यु इङ्ल्याण्ड रेभोलुसन्सबाट आर्सनलमा अनुबन्ध हुन लागेका छन्। 

रिपोर्टका अनुसार टर्नरका लागि आर्सनल र न्यु इङ्ल्याण्ड रेभोलुसन्स बिच ७ मिलियन युरो र थप ३ मिलियन युरो बोनसको सम्झौता भएको हो। २७ वर्षका गोलकिपर टर्नर तात्कालै नभइ गर्मीमा आर्सनलको टोलिमा सामेल हुने भनिएको छ।