९ टोली जस्को बिरुद्ध मेस्सी गोल गर्न असफल भएका छन्

लिओनेल मेस्सी संसारको सबैभन्दा उत्कृष्ट खेलाडी मध्ये एक हुन् र उनले धेरै क्लब बिरुद्ध गोल गरेका छन्। उनले आफ्नो क्यारियरमा धेरै क्लब बिरुद्ध खेलेका छन् र गोल पनि गरेका छन्। हाल मात्र च्याम्पियन्स लिगको खेलमा बार्साको ३-१को जितमा नेपोलीबिरुद्ध उनले गोल गरे।

तर केहि क्लबहरु पनि छन् जस्को बिरुद्ध मेस्सीले आफ्नो बार्सा क्यारियरमा गोल गर्न सकेका छैनन्। उनले इटालीका ठुला क्लब इन्टर मिलान देखि अरु केहि सानो क्लब बिरुद्ध गोल गर्न असफल भएका छन् जस्को बिरुद्ध उनले बार्सा संग खेलेका छन्।

६ पटकका बलोन डि’ओर विजेताले ६३४ गोल गरेका छन् बार्सा संग सो क्रममा उनले ७८ टिम बिरुद्ध खेलेका छन् भने ६९ बिरुद्ध गोल गरेका छन्।

उनले गोल गर्न असफल भएका टिमहरुको सुची तल हेर्नुहोस:-

Inter Milan (Italy)

Rubin Kazan (Russia)

Xerez (Spain)

Benfica (Portugal)

Udinese (Italy)

Murcia (Spain)

Cadiz (Spain)

Al Sadd (Qatar)

Gramenet (Spain)