८ वर्षीया ब्राजिलियन प्रतिभा जसले नेमार र मेस्सीको रेकर्ड तोडेका छन्

आठ वर्षीया ब्राजिलियन युवा खेलाडी कौआन बासिलले नाइकी संग सम्झौता गरेका छन् – जसको अर्थ उनले सबैभन्दा उमेरमै प्रायोजक संग सम्झौता गरेका छन् जुन रेकर्ड पहिले मेस्सी, नेमार र रोड्रिगो जस्तो खेलाडीहरु संग रहेको थियो।

बासिल हाल ब्राजिलका सान्टोस र डायारियो ओले रिपोर्टमा युवा टिममा छन्। उनले स्पोर्ट्सवियर जायन्ट नाइकीको साथ तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्।

सानो उमेरमा प्रायोजक संग सम्झौता गर्ने रेकर्ड बनाउने खेलाडीहरु ब्राजिलका नेमार र रोड्रिगो अनि अर्जेन्टिनाका मेस्सी रहेका थिए।

मेस्सीले १५ वर्षको उमेरमा प्रायोजक संग सम्झौता गर्ने मौका पाएका थिए भने नेमारले १३ वर्षको उमेरमा पाएका थिए। रियलका युवा स्टारले ११ वर्षको उमेरमा नाइकी संग सम्झौता गरेका थिए भने हाल आठ वर्षीया ब्राजिलियन युवा खेलाडी कौआन बासिलले नाइकी संग सम्झौता गरेर नयाँ रेकर्ड बनाएका छन्।