हाल विश्व भर मेस्सीको बारे धेरै कुरा हुँदै गरेको छ उनले क्लब छोड्ने कुरा र उनको नयाँ क्लब कुन हुने बारे दैनिक नयाँ कथा आउँदै गरेको क्रममा हाल उनको एउटा पुरानो भिडियो भाइरल हुन पुगेको छ।
8-year-old Leo Messi playing a youth tournament with Newell’s Old Boys.
These moves, this left foot… 🐐 pic.twitter.com/DbtxKHRLJp
— Football Talent Scout – Jacek Kulig (@FTalentScout) August 27, 2020
नेवेलस ओल्ड ब्वाईजमा मेस्सीको समयको फुटेज हाल सामाजिक सञ्जालमा भाइरल हुँदै गएको छ र उक्त भिडियोमा सानो देखि उनको अविश्वसनीय प्रतिभा देख्न सक्छौँ।
अर्जेन्टिनामा नेवेलस ओल्ड ब्वाईज मेस्सीको पहिलो क्लब थियो, त्यहाँ उनले ६ बर्सको उमेर देखि खेलेका थिए भने १२ सम्म हुँदा उनले त्यो क्लब छोडेका थिए। भिडियोमा हामी उनको त्यो शैली, ड्रीबल र गति देख्न सक्छौँ जसले उनलाई अहिलेको समयमा विश्वको सर्वश्रेष्ठ बनाएको छ।
Lionel Messi scores on his club-record 5⃣0⃣6⃣th Liga appearance for Barcelona. 👏👏
🔵 506 Liga games
⚽️ 460 Liga goals#UCL pic.twitter.com/E5AhwBlJYM— UEFA Champions League (@ChampionsLeague) February 21, 2021
केवल आठ वर्षको उमेरमा मेस्सीसँग त्यस्तो प्रतिभा थियो जसले फ्यानहरूलाई चकित गर्ने गर्छ।