८ बर्स हुँदा नै मेस्सीको यस्तो उत्कृष्ट प्रतिभा(VIDEO)

हाल बिश्व भर मेस्सीको बारे धेरै कुरा हुँदै गरेको छ उनले क्लब छोड्ने कुरा र उनको नयाँ क्लब कुन हुने बारे दैनिक नयाँ कथा आउंदै गरेको क्रममा हाल उनको एउटा पुरानो भिडियो भाइरल हुन पुगेको छ।

नेवेलस ओल्ड ब्वाईजमा मेस्सीको समयको फुटेज हाल सामाजिक संजालमा भाइरल हुँदै गएको छ र उक्त भिडियोमा सानो देखि उनको अविश्वसनीय प्रतिभा देख्न सक्छौं।

अर्जेन्टिनामा नेवेलस ओल्ड ब्वाईज मेस्सीको पहिलो क्लब थियो, त्यहाँ उनले ६ बर्सको उमेर देखि खेलेका थिए भने १२ सम्म हुँदा उनले त्यो क्लब छोडेका थिए। भिडियोमा हामी उनको त्यो शैली, ड्रीबल र गति देख्न सक्छौं जसले उनलाई अहिलेको समयमा विश्वको सर्वश्रेष्ठ बनाएको छ।

केवल आठ वर्षको उमेरमा मेस्सीसँग त्यस्तो प्रतिभा थियो जस्ले फ्यानहरुलाई चकित गर्ने गर्छ।