८० लाखमा सन्दीपले बार्बाडसबाट खेल्ने

सन्दीप लामिछानेलाई क्यारेबियन प्रिमियर लिगमा बार्बाडस ट्राइडेन्टसले अनुबन्ध गरेको छ । बार्बाडसले पाँचौ राउण्डमा सन्दीपलाई अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । सीपीएलको ड्राफ्ट लन्डनमा जारी छ । सन्दीपको टोलीबाट हालसम्म एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली र वाहब रियाज समेटिएका छन् ।

ड्राफ्टको सन्दीप बाहेक युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा परेका थिए । यस संस्करणको सीपीएल आगमी ४ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा चल्नेछ ।

अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान प्रतिभा समेत घोषित सन्दीप भएका थिए । गतवर्ष सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए ।