£८० मिलियन र बेल दिएर नेमार साइन गर्ने प्रयास गर्दै रियल म्याड्रिड

रियल म्याड्रिडले पिएसजीलाई £८० मिलियन र बेल दिएर नेमार साइन गर्ने प्रयास गर्ने खबर आएको छ । ब्राजिलियन स्टार नेमार पिएसजी छोड्न आतुर रहेको कुरा आउंदै गर्दा धेरै क्लबले उनि माथि चासो देखाएको छ।

नेमार बार्सिलोना फर्किने भने पनि पिएसजी र बार्सिलोना बीच केहि सम्झौता पुरा भएको छैन र नेमार आफु अरु क्लबमा पनि जान सक्ने भनेर बताए उनि युभेन्टस, रियलमा पनि जान सक्ने कुरा भएको थियो ।

खबर अनुसार रियलले नेमारलाई साइन गर्न £८० मिलियन र बेल दिन तयार रहेको छ। बेल पनि रियलमा खुसी नभएको कुरा छ र उनि पनि क्लब छोड्न आतुर रहेको कुरा छ र येही कुराको उपयोग गर्दै रियलले बेललाई पि एस जीमा दिएर नेमार भित्राउन प्रयास गर्ने छन्।