इङलिस क्लब लिभरपुलले यस सिजनको प्री सिजन मैत्रीपुर्ण खेलमा पहिलो हार बेहोरेको छ ।
बायर्न म्युनिखबिरुद्ध भएको खेलमा ४-३ गोल अन्तरले लिभरपुल हारेको हो ।
खेलको दोस्रो मिनेटमा नै लिभरपुलले कोडी गाक्पोको गोलमा अग्रता लिएको थियो । उनले वन भर्सेस वनमा गोलरक्षक यान सोमरलाई बिट गरेका थिए ।
त्यसपछि २८औं मिनेटमा नवनियुक्त कप्तान भर्जील भान डाइकले गोल गरे ।
३३औं मिनेटमा सर्ज जिनाब्रीले काउन्टर अट्याकमा बढेको आक्रमणलाई गोलमा परिणत गरे ।
४२औं मिनेटमा लेरोय सानेले जिनाब्रीकै पासमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
६६औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई पुन: अघि बढाए ।
८०औं मिनेटमा जोसिप स्टानीसिचले गोल गरे ।
इन्ज्युरी समयमा बायर्नका लागि २० वर्षीय फरवार्ड फ्रान्स क्रात्जिगले गोल गरे ।