“६ महिना सम्म मैले चोटको साथ खेले”

Real Madrid's German midfielder Toni Kroos acknowledges fans at the end of the Spanish League football match between Real Madrid and Getafe at the Santiago Bernabeu stadium in Madrid on August 19, 2018. (Photo by JAVIER SORIANO / AFP) (Photo credit should read JAVIER SORIANO/AFP/Getty Images)

टोनी क्रुसले यो सिजन चोटको कारण रियलको लागि खेल्न नपाएको ’bout बोलेका छन् भने त्यो भन्दा अगाडी ६ महिना सम्म चोटको दुखाइ बाबजुद उनले रियलको लागि खेलेको खुलाएका छन्। च्याम्पियन्स लिगमा शेरिफको विरुद्ध उनी खेलमा फर्के भने उनले सब्सीट्यूटको रुपमा मैदान प्रवेश गरेका थिए।

“मेरो अन्तिम खेल जून २९ मा थियो, युरोपेली च्याम्पियनशिपमा, मैले दुखाई को साथ ६ महिना सम्म खेलेको छु,” क्रुसले गोल सँग कुरा गर्दै बताए।

“मलाई थाहा थियो कि यदि मैले चोटको साथ खेल्न जारी राखे भने म कहिले खेल्न नसक्ने बिन्दुमा पुग्न सक्छु,” क्रुसले बताए

“तर त्यो समय खेलबाट टाढा जानु धेरै गाह्रो थियो किनकि हामी च्याम्पियन्स लिगको क्वार्टर फाइनल र सेमिफाइनलको बाटोमा थियौँ।

शेरिफको विरुद्ध खेलमा उनले मैदानमा फर्के रियल सँग उनको अन्तिम खेल ९ मेमा सेभिल्ला विरुद्ध २-२को बराबरी रहेको थियो। जर्मनी सँगको युरो कपको खेल पछि उनको यो पहिलो फुटबल खेल रहेको थियो।