६ महिना पछिनै पोर्चुगिज स्टारले छोडे चेल्सी

जनवरीको ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब चेल्सीमा लोनमा आएका पोर्चुगिज स्टार जाओ फेलिक्स अर्को सिजन चेल्सीमा नखेल्ने पुष्टि भएको छ।

लोनमा चेल्सी आएका फेलिक्स स्थायी रूपमा चेल्सीको खेलाडी बन्न सक्ने धेरै चर्चा भएको थियो तर इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार अर्को सिजन फेलिक्स चेल्सीमा खेल्ने छैनन् र उनी आफ्नो क्लब एट्लेटिको म्याड्रिडमा फर्किने छन्।

उनी चेल्सीमा स्थायी रूपमा नबस्नुको कारण भने चेल्सीको नयाँ कोच पोचेटिनो भएको एट्लेटिकोका अध्यक्ष सेरेजोले दाबी गरेका छन्। फेलिक्स पोचेटिनोको योजनामा नपर्ने भएको कारण उनले चेल्सी छोड्ने निर्णय लिएको उनले दाबी गरे।

“हामीलाई यो सूचित गरिएको छ कि पोचकोचेल्सी योजनामा फेलिक्स पर्ने छैनन् जसको कारण उनी यहाँ फर्कनेछन्, हामी हेर्नेछौँ … हामीले कुनै योजना बनाएका छैनौँ”- एट्लेटिकोका अध्यक्ष सेरेजोले बताए।

फेलिक्सले चेल्सीको लागि २० खेल खेल्दै ४ गोल गरेका छन्। जनवरी ट्रान्सफर विन्डोमा उनलाई लोनमा साइन गर्न आर्सनल र म्यानचेस्टर युनाइटेड पनि इच्छुक रहेको थियो तर चेल्सी उनलाई साइन गर्न सफल भएको थियो तर उनी सँग चेल्सीले स्थायी सम्झौता नगर्ने निर्णय लिएको छ।

फेलिक्सको भविष्यको वारे हाल थप जानकारी भने छैन उनले एट्लेटिकोमै खेल्ने वा एट्लेटिकोले उनलाई बेच्ने वारे कुनै रिपोर्ट आएको छैन यद्यपि म्यानचेस्टर युनाइटेडले उनी माथि फेरी चासो राखेको खबर छ र उनलाई साइन गर्न युनाइटेडले प्रयास गर्न सक्ने छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ