६० मिलियन युरोमा लुकाकू किन्ने इन्टरमिलानको प्रस्ताव म्यानचेस्टर युनाइटेडले अस्वीकार

रोमेलु लुकाकूलाई खरिद गर्न इटालियन क्लब इन्टरमिलानले तोकेको ६० मिलियन युरो प्रस्ताव म्यानचेस्टर युनाइटेडले अस्वीकार गरेको छ।

लुकाकूलाई आफूले चाहेको भन्दा कम रकमको प्रस्ताव आएको भन्दै युनाइटेडले प्रस्ताव अस्वीकार गरेको बताएको छ।

लुकाकू दुई वर्षअघि इभर्टनबाट ७५ मिलियन पाउन्डमा युनाइटेड भित्रिएका हो। इन्टरमिलानका नयाँ म्यानेजर एन्टोनियो कोन्टेले लुकाकूलाई टिममा भित्र्याउन चाहेका थिए।