६० मिलियन युरोमा नयाँ लेफ्ट-ब्याक साइन गर्ने तयारीमा चेल्सी

प्रिमियर लिग क्लब चेल्सी जनवरी ट्रान्सफर विन्डोमा एसी मिलानका थियो हर्नान्डेजलाई €६० मिलियन साइन गर्न तयार रहेको खबर छ। चेल्सीका स्टार बेन चिलवेल चोट ग्रसित भए पछि हाल चेल्सी उनको विकल्पको खोजीमा रहेको जानकारी छ भने आउँदो ट्रान्सफर विन्डोमा थियो हर्नान्डेजलाई साइन गर्न इच्छुक रहेको छ।

मिलान सँग थियो हर्नान्डेजको सम्झौता २०२४ सम्म रहेको छ र मिलान उनी सँग थप सम्झौता विस्तार गर्न इच्छुक रहेको जानकारी छ तर ६० मिलियनको प्रस्ताव आए एसी मिलानले उनलाई बेच्न सक्ने जानकारी छ।

२४ वर्षका लेफ्ट ब्याक हाल एसी मिलानको एक महत्त्वपूर्ण खेलाडीको रुपमा रहेका छन्। उनी २१ मिलियनमा रियल म्याड्रिडबाट इटालियन क्लबमा आएका थिए भने सिरी एमा उनको निकै राम्रो खेल रहेको छ।

गत ट्रान्सफर विन्डो पिएसजी र म्यान सिटी जस्तो क्लब सँग उनको नाम जोडिएको थियो भने हाल खबर अनुसार चेल्सीले उनलाई साइन गर्न प्रयास गर्ने छ।

फ्रेन्च डिफेन्डरले रोसोनेरीका लागि हाल सम्म कुल २० खेल खेल्दै २ गोल गरेका छन्।