बाङ्लादेशका शकिब अल हसनले बनाए विश्वकपमा रेकर्ड

एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत हिजो राति भएको ४३ औँ खेलमा बंगलादेशका क्रिकेटर शकिब अल हसनले नयाँ रेकर्ड बनाएका छन् । उनी यो विश्वकपमा ६ सय रन बनाउँने पहिलो ब्याट्सम्यान बनेका हुन् ।

हिजो राति सम्पन्न खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको छ । योसँगै न्युजिल्यान्डसँग समान ११ अंक भएको पाकिस्तान नेट रन रेटका आधारमा लिग चरणबाट बाहिरीन पुगेको हो । भने न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ ।

लण्डनको लर्ड्स मैदानमा भएको खेलमा बंगलादेशका शकिब अल हसन ७७ बलको सामना गर्दै ६ चौका सहित ६४ रन बनाएर पभेलियन फर्किएका थिए । सोसँगै यस विश्वकपमा ६०० रन पुरा गर्ने पहिलो ब्याट्सम्यान भएका हुन्। बंगलादेशका लागि विश्वकपको अन्तिम खेल खेल्ने क्रममा उनले ६०६ रन बनाएका हुन्। भने अन्तिम एउटै खेलमा ६ विकेट पनि लिएका छन् ।

शाकिबले लगातार सात पारीमा ५० भन्दा धेरै रन बनाए। यिनमा २ सतक र ५ अर्धसतक पनि छन्। शकिबले जारी विश्वकपमा ११ विकेट पनि लिन सफल भएका छन्। भारतका रोहितले यीनको रेकर्ड तोड्न सक्ने अनुमान गरिएको छ ।