५ वर्ष पछि स्वीडेन राष्ट्रिय टिममा फर्किए जाल्टन इब्राहिमोभिच

स्विडेन राष्ट्रिय टिमको घोषणा गरेको छ र स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिच टिममा पर्न सफल भएका छन्। उनी पाँच वर्ष पछि स्विडेनको राष्ट्रिय टोलीमा फर्किएका छन्।

युरो २०१६मा स्विडेन ग्रुपबाटै नकआउट भए पछि जाल्टन इब्राहिमोभिच राष्ट्रिय टिमबाट रिटायर भएका थिए। २०१८को विश्वकपको लागि उनी टिममा फर्किन इच्छुक रहे पनि कोचले उनलाई टिममा बोलाएनन्।

हाल उनी एसी मिलानमा रहेका छन् र ३९ वर्षको उमेरमा पनि उनको निकै राम्रो खेल रहेको छ र उनी फेरी आफ्नो राष्ट्रिय टिम खेल्ने भएका छन्।

स्विडेनले हालै आउँदो अन्तर्राष्ट्रिय खेलहरूको लागि आफ्नो टिमको घोषणा गरेको थियो र उनी पनि सो टिममा पर्न सफल भएका छन्।

स्विडेनबाट उनले आफ्नो अन्तिम खेल ५ वर्ष अघि खेलेका थिए।