५ करोड खर्चिएको दशरथ रंगशालाको भिआइपी छानोमा पानी चुहिन थाले पछि

शुक्रबारको वर्षाले भिआइपीतर्फका कुर्सी र बिछ्याएको कार्पेट भिजेका छन्।

भिआइपी प्यारापिटमा जडान गरिएको फ्याब्रिकबाटै पानी चुहिन थालेको हो र उक्त प्यारापिटको फ्याब्रिक जडान गरेको एक महिना मात्र भएको छ।

फ्याब्रिक गासिएको स्थानबाट पानी चुहिने समस्या देखिएको छ भने फ्याब्रिकबाट पानीको निकास भएको छैन। जसका कारण जम्मा भएको पानी फेरि भिआइपी प्यारापिटमै झरेको छ।

भिडियो हेर्नुहोस्:-

राष्ट्रिय खेलकुद परिषदले दशरथ रंगशालामा गत महिना फ्याब्रिकको प्यारापिट जडान गरेको थियो। चीनबाट खरिद गरिएको प्यारापिटका लागि साढे चार करोड खर्च भएको छ।

यो रकम भ्याट बाहेकको हो। प्यारापिट आउन ढिलाइ भएपछि खेलकुद परिषद्ले एयर कार्गोमा ५२ लाख रुपैयाँ खर्च गरेर ल्याएको थियो। जसका कारण ढुवानीमा पाँच गुणा बढी खर्च भएको थियो।