५ अन्तर्राष्ट्रिय नामी फुटबल खेलाडीहरु जो नेपाल आइसके

नेपालले फुटबल को इतिहासमा केहि ठुलो उपाधि नजिते पनि- विश्वकप नखेले पनि नेपालमा फूटबल मनपराउनेको संख्या निकै धेरै छ। नेपाल एक फुटबल क्रेज र्राष्ट्रिय हो भन्दा केहि फरक नपर्ला। नेपालीहरु युरोपियन जुनूनका साथ फुटबल हेरछन् र आफ्नो टिम को समर्थन गर्छन। धेरै नेपालीहरुको रहेको छ आफ्नो फुटबल आइडल भेट्ने र कतिको सपना पुरा गर्दै केहि अन्तर्राष्ट्रिय नामी फुटबल खेलाडीहरु नेपाल आइसके र ती खेलाडीहरु को सूची तल हेर्न सक्नु हुने छ।

5)फॉर्च्यून

Pic by :- MUSC Nepal

दक्षिण अफ्रीकी पूर्व फुटबलर जो मिडफिल्डर र डिफेंडरको रूपमा खेल्न सक्षम थिए। उनी १४ बर्षको उमेरमा यूरोपमा गएर अंग्रेजी क्लब टोटेनहम हट्सपुरको लागि खेले । १९९९मा उनले मैनचेस्टर युनाइटेडको लागि साइन गरे। उनि २०१६ को डिसेम्बरमा नेपाल आएका थिए। उनी नेपाल भ्रमणको क्रममा नेपाली संस्कृति र खानाको बारे जान्न चाहन्थे भनेर उनले भनेका थिए। उनि गल्फ कम्पनीको तेलको उद्घाटन कार्यक्रमको लागि नेपाल एक थिए ।

 


4)निल एठेरेज


निल एठेरेज बर्मिंघम सिटी र फिलिपिन्स राष्ट्रिय टोलीका लागि गोलकीपरको रूपमा खेल्दछन। उनि एशियाका उत्कृष्ट खेलाडीहरु मध्ये एक हुन् जो युरोपमा खेलछन्।  उनको नेपाल भ्रमण भने फिलिपिन्स राष्ट्रिय टोली संग थियो। २०१९ एशिया कप छनोट खेलको लागि नेपाल संगको खेल को लागि एठेरेज फिलिपिन्स राष्ट्रिय टोलीका साथ् नेपाल आएका थिए त्यो समय उनि प्रीमियर लीग क्लब कार्डिफ सिटीबाट खेल्दै थिए। ।


3)ओरिओल रोमेउ


ओरिओल रोमेउ एक स्पेनिश पेशेवर फुटबलर हुन् जो अंग्रेजी क्लब साउथमप्टन को लागि रक्षात्मक मिडफिल्डर को रूप मा खेलछन् । उनले बार्सिलोना र चेल्सी जस्तो क्लबका लागि खेली सके। उनि २०१७को जुनमा नेपाल आएका थिए। उनि नेपाल आफ्नो व्यक्तिगत भ्रमण नेपाल घुम्न आएका थए।


2)राउल गोंजालेज


राउल एक स्पेनिश फुटबल लेंजेन्द हुन्। उनि स्ट्राइकरको रूपमा खेलथे , राउलले प्रायः उनको क्यारियरमा स्पेनी क्लब रियल म्याड्रिडको लागि खेले। उनि फुटबलका महान खेलाडीहरु मध्ये एक हुन् । उनि २०१४को नोभेम्बरमा नेपाल आएका थिए। उनि आफ्नो परिवार संग व्यक्तिगत भ्रमण को लागि नेपाल आएका थिए। नेपाली समर्थकहरूले उनलाई स्वागत गर्न बिहान उनको होटल बाहिर पर्खेर बसेका थिए । उहाँले पनि आफ्ना समर्थकहरूलाई निराश नगरी स्वागत गर्न बाहिर आउनुभएका थिए।


1)डेभिड बेक्ह्याम


डेभिड बेक्ह्याम इंग्ल्याण्ड राष्टिय फुट्बल टिमका भुतपुर्व खेलाडी र कप्तान हुन । उनले म्यानचेष्टर युनाइटेड, रियल म्याड्रिड,लस ऐन्जलस ग्यालेक्सी ,एसि मिलान , पेरिस सेन्ट जर्मन क्लब जस्तो टिमको लागि खेलेका छन्। उनि फुटबलका महान खेलाडीहरु मध्ये एक हुन् र उनलाई धेरैले आफ्नो आइडल मान्ने गरेका छन् । उनि २०१५को नोभेम्बरमा नेपाल आएका थिए। युनिसेफका लागि रकम जुटाउन उनले सात दिनमा सातवटा स्थानमा फुटबल खेल्ने कार्यक्रमबाट नेपाल आएका थिए । उनले च्यारिटीको लागि नेपाली स्कूल विद्यार्थीहरू संग फुटबल खेले र भुकम्प पिडितहरु संग कुराहरु पनि गरे ।