£५० मिलियन मूल्य रहेको स्ट्राइकर साइन गर्न म्यान्चेस्टर युनाइटेड इच्छुक

म्यानचेस्टर युनाइटेड वुल्भसका स्ट्राइकर डियोगो जोटालाई साइन गर्न प्रस्ताव राख्ने योजना बनाउँदै गरेको खबर छ ।

डेली एक्सप्रेसका अनुसार युनाइटेड यो गर्मीमा उल्भरह्याम्प्टन वान्डरर्सका खेलाडी जोटालाई ओल्ड ट्राफ़ोर्डमा ल्याउन £५० मिलियन तिर्न तयार छ ।

युरोपा लिगमा बिहीबार राति इस्पान्योलबिरूद्ध ह्याट्रिक गर्दा युनाइटेडका स्काउटको ध्यान जोटामा थियो। २३ वर्षका जोटा युरोपा लिगमा ब्याक-टु-ब्याक ह्याट्रिक गर्ने आठ वर्षमा पहिलो खेलाडी बनेका छन् ।

जोटाको उत्कृष्ट प्रदर्शन पछि म्यानचेस्टर युनाइटेडको नजर उनि माथि परेको छ र युनाइटेड उनको लागि £५० मिलियन तिर्न तयार रहेको खबर छ।