५० बर्ष पुरानो त्यो फ्री-किक शैली जुन तत्काल प्रतिबन्धित भएको थियो

५० बर्ष पुरानो फ्री-किक शैली जसलाई ‘डोंकी किक’ भनेर चिनिन्छ १९७० निकै चर्चित भएको थियो र उक्त गोलले बीबीसीको बर्सको उत्कृष्ट गोलको अवार्ड पनि जितेको थियो। तर सिजनको अन्त्यमा सो शैली प्रतिबन्धित भएको थियो।

कोभेन्ट्री सिटीले एभरटन बिरुद्ध १९७०मा निकै अनौंठो चाल चलायो। कोभेन्ट्रीले फ्री किकमा योजनाबद्ध चाल चल्दै निकै उत्कृष्ट गोल गरेको थियो।

उक्त फ्री किकमा कोभेन्ट्री सिटीका एक खेलाडीले बललाई आफ्नो दुई खुट्टामा अड्काएर हावामा उदाए र अर्को खेलाडीले सो बललाई भोलि हान्दै उत्कृष्ट गोल गरे र सो शैलीले विपक्षी टिमका फ्री किक वाललाई अप्रयुक्त बनाएको थियो भने शत रोक्न गोलकिपरलाई धेरै गार्हो बनाएको थियो ।

सो खेल कोभेन्ट्री सिटी ३-१ले जितेको थियो र आज सम्म उक्त खेलको धेरै चर्चा हुने गर्छ र त्यो खेलमा प्रयोग ब्भाएको ‘डोंकी किक’ अझै पनि प्रसिद्ध छ।

यद्यपि फुटबल अधिकारीहरूले १९७०को सिजनको अन्त्यमा उक्त ‘डोंकी किक’ फ्रि किक शैली प्रतिबन्ध गरेको थियो र अहिलेको समय सम्म पनि सो प्रतिबन्धनै रहेको छ।