५० गोल गर्ने पहिलो खेलाडी बन्न सफल मेस्सी

ला लिगा फुटबलमा गत रति बार्सिलोनाले लेभान्टेलाई ०–५ ले हरायो । अवे मैदानमा बार्सिलोनालाई जिताउन कप्तान लिओनल मेस्सीले ह्याट्रिक गरे भने २ गोलका लागि पाससमेत मिलाए । सो खेलको ३ गोलपछि मेस्सी सन् २०१८ मा सबैखाले प्रतियोगिता (देश र क्लब) मा सबैभन्दा चाँडो ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् ।

गत राति मेस्सीले लेभान्टेविरुद्ध ४३, ४७ र ६०औं मिनेटमा गरी ह्याट्रिक गरेका थिए । उनले ६०औं मिनेटमा गरेको गोल सन् २०१८ को ५०औं गोल थियो । सोही ह्याट्रिकबाट मेस्सीले आफ्नो करिअरको ४९औं ह्याट्रिक पनि पूरा गरे । मेस्सी अब ५०औं ह्याट्रिबाट मात्रै १ कदम पछाडि छन् ।

जारी सिजन मेस्सीले घरेलु लिग ला लिगामा कूल १४ गोल गरिसकेका छन् । उनले १० गोलका लागि पाससमेत मिलाएका छन् । मेस्सीले युरोपियन च्याम्पियन्स लिगको समूह चरणका खेलमा ६ गोल गरेका छन् । यससँगै मेस्सी सन् २०१८ को सर्वाधिक गोलकर्ताको दौडमा अगाडि आएका छन् ।