४ पटक युथ बलोन डिओर जितेका जाभी सिमोन्स’bout १२ रोचक तथ्यहरु

जाभी सिमन्स अप्रिलमा मात्र १७ वर्षको भए, तर युवाले धेरै वर्षदेखि हेडलाइन्स बनाइरहेका छन्।

२०१० मा क्याटालान क्लबको प्रख्यात एकेडेमीमा भर्ना भएपछि युवा खेलाडी बार्सिलोनाका सबैभन्दा प्रतिभाशाली युवाहरू मध्ये एक थिए।

क्याम्प नाउका प्रशिक्षकहरूले डच युवामा ठूलो आशा राखेका थिए, तर २०१९ मा उनले पेरिस सेन्ट-जर्मेनमा प्रवेश गर्ने विवादास्पद निर्णय गरे बार्सासंग नयाँ सम्झौताको शर्तमा असफल भएपछि उनले यो निर्णय लिएका थिए।

हाल उनि १७ बर्स र ३ महिनाका भएका छन् र उनले हाल आफ्नो व्यावसायिक फुटबल क्यारियरको शुरुआत गरेका छन्- उनले पिएसजी र सोचहौक्स बीच भएको मैत्रीपूर्ण खेलमा खेल्दै पिएसजीको पहिलो टिमबाट खेले। उनि खेलको ७४ मिनेटमा मैदान प्रवेस गरे।

उनको ’bout १२ रोचक तथ्यहरु हेर्नुहोस जुन तपाईलाई थाहा नहुन सक्छ

१. उनको बुवा पनि फुटबलर थिए

सिमन्सका बुबा रेसिलो सिमन्स हुन्, जो एक पूर्व स्ट्राइकर थिए जसले फोर्टुना सिटार्ड, एनएसी ब्रेडा र डेन हागका लागि खेलेका थिए।

२. उनको इन्स्टाग्राममा २.४ मिलियन फोलोवार्स छन्

१७ बर्सका युवा खेलाडीको धेरै फोलोवार्स रहेका छन् १३ बर्स हुँदानै ३००,००० फोलोवार्स जम्मा गर्न सफल भएका थिए उनि।

३. उनको नाम जावी हर्नान्डेजबाट प्रेरित भएको थियो

सिमोन्सका बुवा बार्सिलोनाका फ्यान हुन् र उनले आफ्नो छोराको नाम क्याम्प नाउ लिजेन्ड जावीको नामबाट राख्ने निर्णय गरे।

४. जावी हर्नान्डेज जाभी सिमोन्सको आइडल हुन्

आफ्नो बुबा जस्तै जाभी सिमोन्स पनि जावी हर्नान्डेजका ठुलो फ्यान हुन् र उनलाई आफ्नो आइडल मान्ने गर्छन।

५. चेल्सी र रियल म्याड्रिडले उनलाई साइन गर्न खोजेको थियो

चेल्सी र रियल म्याड्रिड दुबैले उनलाई साइन गर्न खोजेको थियो त्यो समय उनि मात्र १२ बर्सका थिए।

६. उनि गोल गर्ने भन्दा बढी सहयोग प्रदान गर्न रुचाउँछन

सिमोन्स एक उचित टीम खेलाडी हुन्। जावीले जस्तै उनि गोल गर्दै आफ्नो गौरव बढाउनको सट्टा टिमलाई सेट अप गर्न रुचाउँछन।

७. उनले चार पटक युथ बलोन डिओर जितेका छन्

उनले चारपटक युवा बलोन डि’ ओर जितेका छन् र ठुलो भए पछि मुख्य बलोन डि’ ओर जित्ने उनको सपना रहेको छ।

८. उनका युवा टोली निकै शक्तिशाली थियो

सिमन्स बार्सिलोना युवा टीमको हिस्सा थिए जसले २०१६/१७ सिजनमा सबै २५ खेलहरू जितेका थिए, १६२ गोल गर्दै र १४ गोल मात्र खाएको थियो।

९. उनी र नाइकी बीच प्रायोजन सम्झौता छ

हाल १७ बर्स रहेका युवाले नाइकीको प्रायोजन पाएका छन् र नाइकीको विश्वास छ कि उनि पछि गएर ठुलो स्टार हुने छन्।

१०. उनको एजेन्ट मिनो राइओला हुन्

मिनो राइओला, कुख्यात सुपर एजेन्ट हुन् उनले केहि ठुलो स्टारहरुको व्यवस्थापन गर्ने गर्छन र क्लब संग ठुलो रकम माग्नेमा उनि प्रख्यात छन्।

११. उनले अहिले देखिनै धेरै पैसा कमाउने गर्छन

पिएसजी संग उनको सम्झौता अनुसार युवाले बर्सको €१ मिलियन कमाउने गर्छन- उनको हाल प्रति हप्ता €२०,०००को तलब रहेको छ।

१२. नेमार उनको सबैभन्दा मन पर्ने खेलाडी हुन्

सिमोन्स ब्राजीलियन स्टारको ठुलो फ्यान हुन् र उनले नेमारलाई धेरै पटक भेटेका पनि छन् । नेमार पिएसजीमा भएको कारण उनि पनि पिएसजी आएको धेरैको विश्वास पनि छ।

 

 

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ