४० सेकन्ड सम्म चलेको म्याचबाट कोनोर मैकग्रेगरले प्रति सेकन्ड £१.५ मिलियन कमाए

युअफसी स्टारले कोनोर मैकग्रेगरले आइतबार लास भेगासमा भएको म्याचबाटप्रति सेकन्ड £१.५ मिलियन कमाए, यो उनले आफैंले बताए।

मैकग्रेगरले पहिलो राउन्डमै प्रतिद्वन्द्वी डोनाल्ड ‘काउबोइ’ सेरोनलाई नकआउट गरे र उनले उक्त म्याच बाट £६० मिलियन पाउने छन्।

खेल ४० सेकन्ड सम्म मात्र रह्यो जसको अर्थ कोनोर मैकग्रेगरले उक्त म्याच बाट प्रति सेकन्ड £१।५ मिलियन कमाए ।

म्याचको इनाम £२.३ मिलियन हो, तर वास्तविक नगद उनले टिकट रकम र टेलिकास्ट राजस्वबाट पाउने छन्।

अक्टुबर २०१८मा खाबिब नुरमागोमेडोभ संग पराजित भए पछि ओक्त्यागन मैकग्रेगरको फिर्ताले एमएमए प्रशंसकहरूले उत्सुकताका साथ अपेक्षा गर्दै थिए।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ