बायर्न म्युनिखका स्टार रोबर्ट लेवान्डोस्की विश्वास गर्छन् कि उनी संग ४० बर्ष नपुगुञ्जेल खेल्ने क्षमता छ।
आफूलाई अतुलनीय स्वस्थ फिगरमा राख्दै पोल्याण्डका सबै समयका शीर्ष गोल स्कोररले २०१९/२०को सिजनमा ४७ खेलमा ५५ गोल गर्दै ह्यानस-डाइटर फ्लिकका बायर्न म्युनिखको साथ ट्रेबल जितेका छन्।
In a recent kicker interview, @lewy_official said he wants to play until he’s 40 and said he could see himself finishing his career at @FCBayernUS . Honestly, with the shape he’s in, he could easily play ‘til 40, if you ask us. #FCBayern #Lewandowski #Lewy https://t.co/4E2OBLIFjZ
— Bavarian Football Works (@BavarianFBWorks) August 31, 2020
बायर्न म्युनिख संग उनको हालको सम्झौता २०२३मा समाप्त हुने छन् र ३२ बर्सका लेवान्डोस्कीलाई लाग्छ कि उनी अब आफ्नो प्राइम’ समयमा छन् र आउने बर्षसम्म पनि उनि उत्कृष्ट खेल्न सक्छन्।
आफ्नो अवस्थाबारे जर्मन आउटलेट किकरलाई संग कुरा गर्दै पूर्व बोरुसिया डार्टमन्ड स्टारले भने: “यो समय मेरो अन्तिम हुनेछैन। बायर्न म्युनिखमा मेरो क्यारियरको अन्त्य गर्नु पक्कै पनि विकल्प हो, तर म संग अझै धेरै बर्स बाँकी छ।
🗣 Lewandowski to kicker: “I don’t think about the end of my career.
“I don’t feel like 32. I feel better than when I was 26. I’ve worked very specifically in recent years to reach my optimal level.”
So how long will he keep playing? “Maybe eight years.”
— Goal Asia (@Goal_Asia_) September 1, 2020
“म आफ्नो क्यारियरको अन्त्यको बारेमा सोच्दिन। मलाई मेरो उमेर ३२ जस्तो लाग्दैन। म २६ बर्सको हुँदा भन्दा अहिले राम्रो महसुस गर्छु। हालैका वर्षहरूमा मैले मेरो शीर्ष तहसम्म पुग्नको लागि विशेष काम गरेको छु।”
अझै कति बर्स सम्म खेल्न सक्ने बारे प्रस्न गर्दा गत सिजनका च्याम्पियन्स लीगका शीर्ष गोलकर्ताले जवाफ दिए: “हुनसक्छ आठ बर्ष।”