४० ट्रफी जित्ने इतिहासकै पहिलो खेलाडी बन्न सफल डेनी एल्वस

कोपा अमेरिकाको जित पछि डेनी एल्वसले आफ्नो नाममा अर्को एक पदक थप्न सफल भएका छन्। कोपा अमेरिकाको फाइनलमा पेरु संगको ३-१ को जित पछि डेनी एल्वस कुल ४० ट्रफी जित्न सफल भएका छन् जुन निकै उत्कृष्ट रेकर्ड हो र ४० ट्रफी जित्न उनि इतिहासकै पहिलो खेलाडी बन्न सफल भएका छन्।


ब्राजिलियन डिफेंडरले ३ च्याम्पियन्स लिग, ६ ला लिगा, ५ कोपा डेल रे जितेका छन्, र हालै पिएसजीको साथमा फ्रान्सको लिग पनि जिते।