३ फ्री एजेन्ट खेलाडी साइन गर्न सफल बार्सा थप १ साइन गर्ने योजनामा

हाल २०२०/२१को सिजन अन्त्य भए सँगै धेरै खेलाडीहरू फ्री एजेन्ट बनेका छन् भने सो कुराको फाइदा लिन ला लिगा क्लब बार्सिलोना सफल रहेको छ।

हाल सम्म बार्साले फ्री एजेन्ट बनेका म्यान सिटीका एरिक गार्सिया र सर्जियो अग्वेरो सँग सम्झौता गरेको छ भने लिभरपुलका डच मिडफिल्डर जर्जिनियो विज्नाल्डम साइन गर्न पनि बार्सा धेरै नजिक पुगेको जानकारी छ। विज्नाल्डम साइन गरे पछि बार्साले थप एक डच स्टारलाई फ्री एजेन्टको रुपमा साइन गर्ने जानकारी छ र सो खेलाडी लियोनका स्ट्राइकर डिपे रहेका छन्।

उक्त ४ खेलाडीहरूमा बार्साको नजर धेरै समय देखि रहेको थियो भने बार्साले लक्षित गरेको ४ खेलाडी नै फ्री एजेन्ट भए पछि बार्साले सो कुराको फाइदा लिएको छ।

क्लबका कोच रोनाल्ड कोम्यान भने लिभरपुलका स्टार मिडफिल्डर जर्जिनियो विज्नाल्डम र लियोनका मेम्फिस डिपे साइन गर्न धेरै इच्छुक छन् भने हाल बार्सा विज्नाल्डम साइन गर्न धेरै नजिक रहेको छ भने क्लबले डिपेलाई पनि साइन गर्ने जानकारी छ।

बार्सिलोनाले आफ्नो केही खेलाडीहरू पनि बेच्ने खबर छ भने ट्रान्सफर विन्डो सुरु हुन अगाडी बार्साले आफ्नो फ्री एजेन्ट लक्ष्यहरू पुरा गर्ने सक्ने छ।