३ खेलाडीहरूबाट घेरिएका मेस्सीले गरे यस्तो उत्कृष्ट गोल

ला लिगामा सोमबार राति बार्सिलोनाले हुयस्का विरुद्ध ४-१ उत्कृष्ट जित निकालेको थियो । खेलमा क्लबका सुपरस्टार मेस्सीले २ गोल गरे भने उनको पहिलो गोलको हाल धेरै चर्चा हुँदै गरेको छ।

क्लबलाई अग्रता दिलाउने क्रममा उनले डि-बक्स बाहिरबाट निकै उत्कृष्ट गोल गरे। मेस्सीलाई रोक्न हुयस्काले निकै राम्रो प्रयास गरेका थिए मेस्सीलाई डि-बक्स भित्र जानबाट रोक्न हुयस्काका ३ खेलाडीहरूले उनलाई घेरे तर उनले डि-बक्स बाहिरबाट नै शक्तिशाली प्रहार गरे जुन निकै उत्कृष्ट गोलमा परिवर्तन भयो। सो खेलमा मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।

हाल उनको सो गोलको भिडियो भाइरल हुँदै गएको छ र सामाजिक सञ्जालमा सो गोल ’bout धेरै चर्चा हुँदै गरेको छ। बार्साका लेजेण्डले पनि मेस्सीको सो गोल ’bout पोस्ट गरेका थिए।

उक्त खेल भने बार्साले ४-१ले जितेको थियो। घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे ।

यस्तै एन्टोनियो ग्रीजम्यान र ओस्कार मिन्ग्गुएजाले एक एक गोल गरे । हुयस्काका राफा मिरले एक गोल फर्काए ।

खेलको १३ औँ मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २७ खेलमा ५९ अङ्क जोडेको छ । हुयस्का २० अङ्क जोडेर पुछारमा रहेको छ ।