३९ बर्सका इब्राहिमोभिचको यस्तो उत्कृष्ट हेडर गोल

३९ बर्स पुगे पनि जाल्टन इब्राहिमोभिचले अझै आफ्नो उत्कृष्ट प्रतिभा देखाउँदै आएका छन्। नापोली बिरुद्धको ३-१को जितमा उनले २ गोल गरे भने पहिलो गोल उनको निकै उत्कृष्ट हेडर गोल रहेको थियो।

थियो हर्नान्डेजको क्रसमा उनले निकै राम्रो हेडर गरे डि-बक्सको सेन्टरबाट उनले निकै उत्कृष्ट हेडर गोल गरे। उनको उत्कृष्ट जम्प र शक्तिशाली हेडरले नापोलीका डिफेन्डरलाई पछि पर्यो भने उक्त हेडर रोक्न नापोलीका गोलकिपरको लागि असम्भव रह्यो।

केहि हप्ता अघि मात्र कोरोनबाट निको भएका इब्राहिमोभिचहाल आफ्नो उत्कृष्ट प्रतिभा देखाउँदै छन्। यो सिजन उनको निकै उत्कृष्ट प्रदर्शन रहेको छ भने एसी मिलान हाल लिगको शीर्ष स्थानमा रहेको छ।