३६ सदस्यीय टिम नेपाल कुवैत जाने

नेपालले फिफा विश्व कप राउन्ड २ एसियन छनोटको पहिलो खेल सेप्टेम्बर ५ मा कुवेत बिरुद्ध खेल्ने छ ।

नेपालले पहिलो कुवेतमा अवे खेल खेल्ने छ जहाँ नेपालबाट ३६ सदस्यीय टिम जाने भएको छ । २३ खेलाडीहरु छन भने हेड कोच, असिस्टेन्ट कोच, टिम फिजियो, गोलकिपिङ कोच र मिडिया अफिसर सहित २८ हुने छ । तर, ८ जना थप अधिकारीहरु पनि कुवेत जाने भएका छन ।

फूटबल संघले थप ८ जना अधिकारीहरु चाहिँ किन पथाउनु पर्ने बारे प्रस्न उब्जिएको छ ।