“३६ वर्षको उमेरमा पनि रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्नु अचम्मको कुरा होइन”

म्यानचेस्टर युनाइटेडका पूर्व स्टार पार्क जी-संगलेले आफ्नो पूर्व टिम- मेट रोनाल्डोको प्रशंसा गरेका छन्। क्रिस्टियानो रोनाल्डोको प्रदर्शन हाल म्यानचेस्टर युनाइटेडमा निकै राम्रो रहेको छ। २१/२२ सिजनमा युनाइटेडको लागि रोनाल्डोले १७ खेल खेल्दै १२ गोल र २ असिस्ट गरेका छन् र ३६ वर्षको उमेरमा पनि रोनाल्डोको उत्कृष्ट प्रदर्शनबाट आफू अचम्मित नरहेको पार्क जी-संगले दाबी गरेका छन्।

“युनाइटेडमा आफ्नो उत्कृष्ट वर्षहरू बिताए पछि फेरी पछि फर्केर उत्कृष्ट खेल्नु यो सजिलो छैन र धेरै दुर्लभ छ तर यस्तो गर्न सक्ने खेलाडी मेरो सोचमा रोनाल्डो नै रहेका थिए।- पार्कले गोल डट कम सँग कुरा गर्दै भने।

“मलाई उनको बारेमा के सम्झना छ कि उनीसँग बल सधैँ उनको छेउमा हुन्थ्यो, लकर रुममा वा पिचमा जानु भन्दा पहिले।

“सबैलाई थाहा छ, उनी प्रशिक्षण मैदानमा आइपुग्ने पहिलो खेलाडी हुन्थे, र मैदान छोड्ने अन्तिम खेलाडी, जसले उनको फुटबलप्रतिको जोस देखाउँछ।

“मैले धेरै अवसरहरूमा देखेको छु कि उनले सधैँ आफूलाई राम्रो र राम्रो बनाउन प्रयास गर्छन्, आफैलाई दबाबमा राख्दै।

“यो सिजन, मैले उनलाई लन्डनमा टोटेनह्याम विरुद्ध खेलेको देखेको छु। उनले त्यो खेलमा उत्कृष्ट गोल गरे, तर म त्यो उनको उत्कृष्ट गोल पनि भन्न सक्दिन किनकि उनले म्यान युनाइटेडमा फर्किएदेखि उत्कृष्ट गोलहरू गर्दै आएका छन्।

“मान्छेहरू भन्छन् कि उनको प्रदर्शन ३६ वर्षको उमेरमा उत्कृष्ट हुनु अचम्मको छ , तर, एक टिम-मेटको रूपमा यी सबै कुराहरू मैले पहिले देखेको छ, म विश्वास गर्छु कि यो प्राकृतिक परिणाम हो, उनको लागि यो कुनै अचम्मको कुरा होइन।”

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ