३२ खेल पछि बायर्न म्युनिखको पहिलो हार

बायर्न म्युनिखले डिसेम्बर २०१९ पछि पहिलो हार बेहोरेका छन्। आइतबार भएको खेलमा होफेनहाइम संग बायर्न ४-१ले पराजित भएको हो।

हार संगै बायर्नको प्रभावशाली अपराजित दौडको अन्त्य भएको छ। बायर्नले विगतका २३ खेलहरू जितेको छ भने ३२ खेलमा अपराजित रहेका थिए सो क्रममा बायर्नले च्याम्पियन्स लिग र यूएफा सुपर कप पनि जितेको छ।

अन्तिम पटक बायर्नले २०१९को डिसेम्बरमा खेल हारेको थियो र ३२ खेलमा अपराजित रहे पछि आइतबार भएको खेलमा होफेनहाइम संग ४-१को हारको सामना गर्यो।

होफेनहाइम हाल बुन्डेसलिगाको शीर्ष स्थानमा पुग्न सफल भएको छ भने बायर्न सातौं स्थानमा रहेको छ।