आइतबार भएको खेलमा म्यान्चेस्टर युनाइटेडविरुद्ध उत्कृष्ट जीत निकाल्दै लिभरपुल लिग उपाधिको धेरै नजिक पुगेको छ।
एनफिल्डमा भएको खेलमा चिरप्रतिद्वन्द्वी युनाइटेडलाई २–० गोलले पराजित गर्न सफल भए पछि लिभरपूल आफ्नो अपराजित यात्रामा कायम राख्दै लिग उपाधिको नजिक पुगेको छ।
Liverpool’s first league title in 30 years is looking ever-closer after a hard-fought victory over Manchester United.
They are now 16 points ahead with a game in hand.
Match report ➡ https://t.co/IeFofIQdRK pic.twitter.com/cbBKCxEI1Z
— BBC Sport (@BBCSport) January 19, 2020
जित पछि लिभरपुल प्रिमियर लिगमा १६ अङ्कको अग्रताको साथमा शीर्ष स्थानमा छ। म्यान्चेस्टर सिटीले आफ्नो खेल बराबरीमा खेले पछि लिभरपूललाई रोक्न सक्ने एक मात्र टिम पनि धेरै पछाडी परे गएको छ।
२२ खेलपछि लिभरपुलको ६४ अङ्क रहेको छ भने दोस्रो स्थानमा रहेको सिटीले २३ खेलबाट मात्र ४८ अङ्क बटुल्न सकेको छ ।
लिभरपुलले खेलको चौधौँ मिनेटमा नै अग्रता लिएको थियो । भर्जिल भान डाइकले लिभरपुललाई अग्रता दिलाएका थिए ।
Points after 22 Premier League games:
Man Utd’s treble winners – 41
Arsenal’s Invincibles – 52
Man City’s Centurions – 62
Jurgen Klopp’s Liverpool – 64 pic.twitter.com/hNn573GHhU— bet365 (@bet365) January 19, 2020
त्यसपछि भने लिभरपुलले उक्त अग्रतालाई खेलको अन्त्यसम्म बचाऊ गरेको थियो । इन्जुरी समयको अन्त्यतिर मोहमद सलाहले दोस्रो गोल गर्दै लिभरपुलको जीत सुनिश्चित गरे ।
लिभरपुल हाल ३० वर्ष पछि लिग जित्ने क्रममा छ र अपराजित रहेको लिभरपुल टिमले आर्सेनलको इन्भिन्सिबल रेकर्ड तोड्न सक्ने छ र लिभरपुल समर्थकहरू धेरै खुसी रहेका छन्।