३०० मिलियनमा रियलले नेयमारलाई भित्र्याउने

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज जसरी भए पनि पीएसजीका खेलाडी नेयमार भित्र्याउने कसरतमा लागेका छन् ।

सुपरकपको फाइनलमा रियलको डिफेन्स, मिडफिल्ड तथा फरवार्ड लाइनमा नै समस्य देखिएकोले आगामी सिजनको प्रदर्शन राम्रो नहुने भनेर मिडियाहरुले आंकलन गरेपछि पेरेज नेयमार भित्र्याउने अभियानमा लागेका हुन् ।

नयाँ प्रशिक्षक जुलेन लोपेटेगुईले परेजलाई यही खेलाडीहरुको सदुपयोग गरेर उपाधि जित्ने आशा देखाए पनि उपाधि जित्ने पहिलो खेलमै झट्का खाएपछि पेरेजले क्रिस्टियानो रोनाल्डोको बिकल्प ब्राजिलियन खेलाडी नेयमारमा देखेका हुन् ।

एट्लेटिको मड्रिडले दिएको झट्काले समय ट्रान्सफर विन्डो सकिन मात्र दुई हप्ता बाँकी रहँदा पेरेज जागेका हुन् । त्यसैले बार्सिलोनाले २२२ मिलियन यूरोमा बेचेको नेयमारलाई ३०० मिलियनसम्म खर्चेर रियलले किन्न लागेको समाचार बिल्डको अनलाईन संस्करणमा उल्लेख छ ।

केही हप्ताअघि नेयमारले आफू पीएसजी छोडेर अन्यत्र नजाने भनेपछि रियलले उनीप्रति चासो देखाउन छोडेको थियो । तर, क्लबमा स्टार खेलाडीको अभावले सिजनभरकै प्रदर्शन नराम्रो हुने चिन्ताले परेजलाई पिरेपछि उनी पुनः नेयमारको पछि लागेका हुन् ।

तर, नेयमारलाई भित्र्याउनको लागि रियलले नेयमारको स्थानान्तरण शुल्क तिरेर मात्रै पुग्दैन किनकी पीएसजीले नेयमारलाई देखाएर मिलियन यूरोको प्रायोजन सम्झौता गरेको छ । त्यस निरकारणपछि मात्रै नेयमारले क्लब छोड्न सक्नेछ ।