२८५ दिन पछि मैदानमा फर्किए भ्यान डाइक

LIVERPOOL, ENGLAND - OCTOBER 17: Virgil van Dijk of Liverpool is tackled by Jordan Pickford of Everton which led to Virgil van Dijk being substituted for an injury during the Premier League match between Everton and Liverpool at Goodison Park on October 17, 2020 in Liverpool, England. Sporting stadiums around the UK remain under strict restrictions due to the Coronavirus Pandemic as Government social distancing laws prohibit fans inside venues resulting in games being played behind closed doors. (Photo by Laurence Griffiths/Getty Images)

चोटले लामो समय मैदान बाहिर रहेका लिभरपुलका स्टार डिफेन्डर खेलमा फर्केका छन्। बिहीबार हर्था बर्लिन विरुद्धको प्रि-सिजनको खेलमा उनले ६९ औँ मिनेटमा मैदान प्रवेश गरे र उनी ९ महिना पछि खेलमा फर्केका छन्।

२०२०मा एभर्टन विरुद्धको खेलमा उनी चोट ग्रसित हुन पुगेका थिए। उक्त खेलमा एभर्टनका गोल पिकफोर्डले भ्यान डाइक माथि ट्याकल गरेका थिए र उनी चोट ग्रसित हुँदै मैदान छोडे र उनलाई एसीएलको चोट लागेको थियो र उनलाई शल्यक्रियाको आवश्यक रहेको थियो छ र शल्यक्रिया पछि उनी ९ महिना सम्म मैदान बाहिर रहे।

उनको अनुपस्थित लिभरपुलको लागि निकै महँगो साबित भयो। उनी चोटबाट मैदान बाहिर हुँदा लिभरपुलको खेलमा निकै गिरावट आएको थियो भने उनको विकल्प साइन गर्न पनि लिभरपुल असफल रहेको थियो।

हाल उनी खेलमा फर्केका छन् भने उनको वापसीले फ्यानहरू खुसी रहेका छन्। हर्था बर्लिन विरुद्ध भने लिभरपुल ४-३ले हारेको थियो तर खेलको नतिजा भन्दा पनि भ्यान डाइकको स्वास्थ्यमा फ्यानको ध्यान रह्यो।

उनको एंटीरियर क्रूसिएट लिगामेन्ट अथवा एसीएलको मांसपेशी चुँडिएको थियो। यो निकै गम्भीर चोट रहेको छ र धेरै बर्स अघि यो चोट क्यारियर अन्त्य गर्ने चोट भनेर प्रसिद्ध थियो तर हाल चिकित्सा प्रगतिको कारण एसीएलको रिकभरी सम्भव छ तर धेरै समय लाग्ने गरेको छ ।