२६ वर्षमा पहिलो पटक युरोपियन प्रतियोगिता विहीन हुँदै अर्सेनल

WATFORD, ENGLAND - SEPTEMBER 15: Pierre-Emerick Aubameyang of Arsenal (14) and team mates Granit Xhaka and David Luiz react during the Premier League match between Watford FC and Arsenal FC at Vicarage Road on September 15, 2019 in Watford, United Kingdom. (Photo by Marc Atkins/Getty Images)

प्रिमियर लिग क्लब अर्सेनल युरोप लिगको सेमी फाइनलबाट बाहिरिए पछि अर्को सिजन अर्सेनल युरोपियन प्रतियोगिता विहीन हुने क्रममा रहेको छ। युरोप लिगको सेमी फाइनलको दोस्रो लेगमा भिल्लारियाल सँग अर्सेनलले ०-०को बराबरी खेलेको थियो समग्रमा २-१को हार साथ अर्सेनल नकआउट भए पछि अर्सेनल अर्को सिजन युरोपियन प्रतियोगिता विहीन बन्ने छ।

यो सिजन अर्सेनलको निकै खबर प्रदर्शन रहेको छ। हाल अर्सेनल लिगको ९औँ स्थानमा रहेको छ र अर्को सिजन युरोपमा खेल्न अर्सेनललाई युरोप लिग जित्न पर्ने दबाब रहेको थियो। युरोपियन प्रतियोगिता खेल्न लिगको शीर्ष ६मा पुग्नु पर्ने हुने छ र हाल मात्र ४ खेल बाँकी हुँदा आर्सनल अर्को सिजन युरोपियन प्रतियोगिता विहीन हुने देखिन्छ।

अर्सेनलले लगातार ४ सिजन च्याम्पियन्स लिगको ठाउँ पनि गुमाउँदै आएको छ । अन्तिम पटक २०१६–१७ सिजनमा अर्सेनलले च्याम्पियन्स लिग खेलेको थियो भने हाल अर्को सिजन अर्सेनल युरोप खेल्न पनि अयोग्य हुने क्रममा रहेको छ।

अन्तिम पटक १९९४-९५को सिजनमा पनि अर्सेनल लिगको १२औँ स्थानमा पुगे पछि अर्को सिजन युरोपियन प्रतियोगिता विहीन भएको थियो भने हाल २६ वर्ष पछि फेरी पनि अर्सेनल युरोपियन प्रतियोगिता विहीन हुने देखा परेको छ।

युरोपियन प्रतियोगिताहरू ठुलो क्लबहरूको लागि निकै महत्त्वपूर्ण रहेको छ। युरोपियन प्रतियोगिता खेल्न नपाउनुले क्लबहरूलाई ठुलो घाटा हुने गर्छ भने स्टार खेलाडी साइन गर्न पर्ने क्लबलाई गाह्रो पर्ने गर्छ। यो सिजन अर्सेनलको निकै खराब रेकर्ड रहेको छ भने ४९ अङ्कको साथ लिगको ९औँ स्थानमा रहेको छ।