२५ बर्समा पहिलो पटक बार्साको यस्तो खराब सुरूवाती प्रदर्शन

एटलेटिको म्याड्रिडसँग पराजय पछि, बार्सिलोनाको वर्तमान लिग प्रदर्शन २५ बर्स पछि पहिलो पटक यस्तो खराब रहेको छ।

क्याटालान्सले हाल सम्म उपलब्ध हुन सक्ने २४ अंकमा मात्र ११ स .्कलन गर्न सकेको छ। बार्साले आठ खेलमा तीन जित, दुई ड्र र तीन हारहरूको सामना गरेको छ, जुन उपाधिका लागि चुनौती दिने योजना गरेको टिमको लागि खराब रहेको छ।

बार्साले धेरै अंकहरू गुमाएको छ, यति धेरै अंक गुमाको बार्साले २५ बर्षमा पहिलो पटक हो। अन्तिम पटक १९९५/९६को सिजनमा मात्र बार्साको यस्तो खराब अवस्था भएको थियो।

२००२/०३ र २००३/०४मा पनि बार्साको सुरूवाती प्रदर्शन खराब रहेको थियो सो समय बार्साले आफ्नो पहिलो ८ खेलबाट १२ अंक जम्मा गरेको थियो भने हालको सिजनमा बार्सा ११ अंक जम्मा गर्न सफल बह्येको छ।

आठ खेलहरूमा तीन पराजय बार्सिलोना जस्तो क्लबको लागि धेरै हो र पक्कै पनि कोम्यानले यो सिजनमा अझै सुधार गर्नु पर्ने छ।