२१औँ शताब्दीमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सुचीको शीर्ष स्थानमा क्रिस्टियानो रोनाल्डो

म्यानचेस्टर युनाइटेड र पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औँ शताब्दीमा सबैभन्दा धेरै गोल गर्ने फुटबल खेलाडीको रुपमा रहेका छन्। हालै प्रसिद्ध फुटबल वेबसाइट ट्रान्सफरमार्केटले २१औँ शताब्दीमा सबैभन्दा धेरै गोल गर्ने फुटबल खेलाडीहरूको सुची तयार गरेको छ उक्त सुचीको शीर्ष स्थान स्थानमा सुपरस्टार क्रिस्टियानो रोनाल्डो रहेका छन्।

१०६६ खेलमा ७९७ गोलको साथ सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सुचीमा पनि उनी शीर्ष स्थानमा रहेका छन्। रोनाल्डोले आफ्नो फुटबल क्यारियरमा ५९६ जित हासिल गर्दै २१औँ शताब्दीमा सबैभन्दा धेरै खेल जित्ने फुटबल खेलाडी बनेका थिए भने ७९७ गोलको साथ २१औँ शताब्दीमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि रोनाल्डो रहेका छन्।

आफ्नो उत्कृष्ट फुटबल क्यारियरमा रोनाल्डोले रियल म्याड्रिड, युभेन्टस र म्यानचेस्टर युनाइटेड जस्ता टप क्लबहरूमा खेलेका छन् भने राष्ट्रिय टिममा पनि उनको खेल निकै उत्कृष्ट रहेको छ।

उक्त सुचीको दोस्रो स्थानमा भने पिएसजीका सुपरस्टार मेस्सी रहेका छन्। पूर्व बार्सा स्टारले ९५१ खेलमा ७५८ गोल गर्दै दोस्रो स्थानमा ठाउँ बनाएका छन् भने तेस्रो स्थानमा बायर्नका स्टार लेवान्डोस्की रहेका छन् र उनले ६६८ खेलमा ५०० गोल गरेका छन्।