२० वर्षमा पहिलो पटक रजत पदक दिलाएको प्याराग्लाडिङ टिमलाई भब्य स्वागत र इनाम

इन्डोनेसियामा भएको एशियाडमा नेपाललाई पदक विहिन हुनबाट बचाएको टिम गएराति स्वदेश फर्किएको हो । अाजै खेलाडीलाइ नगरपरिक्रमा गराइने भएकाे छ ।

आफु र प्याराग्लाइडिङलाई सावित गर्न पाएको पहिलो मौकामासफल भएका खेलाडीहरु निकै उत्साहित देखिन्थे । प्याराग्लाइडिङमा बेष्ट प्लेयरको उपाधी जितेका कान्छा पाइलट युकेश सबैका केन्द्र बिन्दु बनेका थिए ।

खेलाडीलाई स्वागतका लागि केहि समर्थकपनि विमानस्थल पुगेका थिए । पदक विजेता खेलाडीलाई आज प्रधानमन्त्री केपीशर्मा ओलीले दिउसो एक कार्यक्रमका विच नगद ५ लाख सहित सम्मान गर्ने बताइएको छ ।

दिउसाे १२ बजेबाट राष्ट्रिय खेलकुद परिषदबाट सुरू हुने नगरपरिक्रमा राजधानीका विभिन् स्थान जानेछ । खेलाडीलाइ विशेष रूपमा सजाइएकाे गाडीमा राखेर परिक्रमा गराइनेछ । त्यसपछि दिउसाे साढे १ बजे खेलाडीलाइ प्रधानमन्त्री अाेलीले नगदसहित सम्मान गर्नेछन ।