‘२० बर्ष हुँदाको रोनाल्डो भन्दा मार्कस राशफोर्ड निकै उत्कृष्ट’ – इंग्ल्यान्ड प्रशिक्षक

इंग्ल्यान्ड प्रशिक्षक ग्यारेथ साउथगेटका अनुसार म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मार्क्स रासफर्ड ‘विशेष प्रतिभा’ रहेको बताएका छन् । साउथगेटले युवा फरवार्ड रासफर्डलाई आफ्नो विकासका लागि समय चाहिएको बताएका छन् । ‘उनले भविष्यमा एक विश्व सुपस्टारको गति लिन सक्छन्,’ साउथगेटले प्रशंसा गर्दै भने । स्विटजरल्यान्डविरुद्ध मैत्रीपूर्ण खेलमा विजयी गोल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

के उनी इंग्ल्यान्डका लागि क्रिस्टयानो रोनाल्डो बन्न सक्छन् ? उनले रासफर्डलाई पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडीसँग तुलना गरेका छन् । उनले रासफर्ड २० बर्षको उमेरमा रानाल्डो भन्दा पनि राम्रो भएको दावी पनि गरे । मंगलबार स्वीटजरल्यान्डविरुद्धको निर्णायक गोलसँगैरासफर्डका लागि घरेलु तीन अन्तर्राष्ट्रिय खेलबाट एक गोल भइएको छ । साउथगेटले उनलाई अझैपनि सुधार गर्न सकिने बताएका छन् ।

‘उनी एक विशेष प्रतिभा हुन् । हामीले याद गर्नु पर्छ की त्यो उमेरमा ह्यारी केनले स्पर्सका लागि कति खेल खेलेका थिए र’, साउथगेटले भने, ‘तपाई रासफर्डलाई अन्य शीर्ष खेलाडीसँग तुलना गर्न पनि सक्नुहुन्छ । त्यो उमेरमा रोनाल्डोले केहि कदम राम्रो गरिरहेका थिए । तर, रोनाल्डो बन्न उनले लक्ष्य परिवर्तन गर्न सक्दैनन् । त्यसैले रासफर्डलाई विकसित गर्ने समय दिनु पर्छ ।’